काठमाण्डाैँ,
आगामी जेठ १ गतेदेखि पुन आन्दोलन गर्ने बञ्चरेडाँडा ल्याण्डफिलसाइट प्रभावित क्षेत्र सराेकार समितिले घाेषणा गरेकाे छ।
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सिंहदरबार काठमाडौं, शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिकामा गत मंगलबार ज्ञापनपत्र बुझाउँदै जेठ १ बाट ल्याण्डफिलसाइट बन्द गर्ने जानकारी गराएको हो ।
सरकार र फोहरमैला बिसर्जन गर्ने सबै पक्षले उक्त क्षेत्रका नागरिकको स्वच्च वातावरणमा बाँच्न पाउने अधिकार हनन् गरेको र आगामी दिनमा उपत्यकाको समग्र फोहर विसर्जन गरिरहेन प्रयासको विराध समेत गरिएको छ ।








