काठमाण्डाैँ,

नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पहिलो चरणमा पुष्पकमल दाहाल प्रचण्ड, दोस्रो चरणमा माधव कुमार नेपाल र तेस्रो चरणमा शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताएका छन् ।

यस्तै  बिहान मंगलबजारमा नेपाली कांग्रेस ललितपुर नगर समितिले  आयोजना गरेकाे कार्याक्रममा निधिले निर्वाचन गराउने सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने बताएका छन्। उनले उपराष्ट्रपति निर्वाचन लगत्तै प्रधानमन्त्री प्रचण्डले विश्वासकाे मत लिइ र कांग्रेस सरकारमा जाने बताएका छन्।

नेपाली कांग्रेसका पूर्वउपसभापति निधिका भनाइ अनुसार दलहरूबिच भएकाे सहमति अनुसार गठबन्धनकाे सरकार पाँच वर्षसम्म कायम रहने छ।