काठमाण्डाै,
चैत २ गते।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपराष्ट्रपतिकाे निर्वाचनबारे निर्णय गर्न पार्टीकाे पदाधिकारी र संसदीय दलकाे संयुक्त बैठक बाेलाएकाे छ।
शुक्रबार बिहान ११ः३० बजे वसुन्धारास्थित पार्टी कार्यालयमा बस्ने उक्त बैठकमा समसामयिक परिस्थितिबारे निर्णय गरिने पार्टीका सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठकले उपराष्ट्रपति निर्वाचनमा पार्टीले कुन उम्मेदवारलाई मतदान गर्ने भन्ने निर्णय लिनेछ ।
उपराष्ट्रपतिको निर्वाचन यही चैत ३ मा हुँदैछ ।








