काठमाण्डाैँ,

आज काठमाडौंमा नेपाल मजदुर किसान पार्टीले  विरोध र्याली निकालेको छ । पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी किसान संघले सरकारले मलको भाउ बढाएको विरोधमा र्याली निकालेको बताइएको छ ।

संघका उपाध्यक्ष गोविन्द दुलालको नेतृत्वमा प्रदेससभा सदस्य गोविन्दराज गोसाई लगायत सयौंको संख्यमा सहभागी प्रदर्शनकारीले मलको भाउ र किसानको हितमा भन्दा बढी भारत र अमेरिकाविरोधी नारा लेखिएका प्लेकार्ड बोकेका छन् ।उनीहरुले नेपाललाई भारतको सुरक्षा छातामा राख्ने सन् १९५० को सन्धि खारेज गर, देशघाती एमसीसीका मतियारहरु मुर्दावाद, सम्पूर्ण क्रान्तिकारी किसानहरु एक होऔं, अमेरिकी साम्राज्यवाद मुर्दावाद, समाजवादी गणतन्त्र जिन्दावाद लेखिएका प्लेकार्ड बोकेका हुन् ।

सुन्धाराबाट निकालिएको र्याली न्यूरोड, जुद्ध शालिक, ईन्द्रचोक, असन, जमल, घण्टाघर हुँदै रत्नपार्कमा पुगेर कोणसभामा परिणत हुने बताइएको छ।