काठमाण्डाैँ,
काठमाडौं- त्रिभुवन विश्वविद्यालयका अन्तरगतका १७ वटा क्याम्पसमा आजस्ववियु निर्वाचन स्थगित भएको छ ।
आज विहानै देखि प्राय क्याम्पसमा चुनाव भइरहेको छ तर विभिन्न १७ वटा क्याम्पसमा भने आन्तरिक कारणले निर्वाचन हुन सकेको छैन् त्यहाँ पनि चाडैँ गर्ने गरी तयारी गरिएको स्वविय निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले जानकारी दिएका छन्।
काठमाडौंमा २२ आंगिक क्याम्पसहरूमध्ये अस्कल, त्रिचन्द्र, आरआर, विश्वभाषा, मिनभवन, आयुर्वेद कीर्तिपुर र पाटन गरी ७ क्याम्पसमा निर्वाचन स्थगित भएको छ ।
त्यस्तै उपत्यकाबाहिरका विरगञ्जमा ठाकुर राम बहुमुखिक्याम्पस, चितवनमा विरेन्द्र क्याम्पस, चितवन इन्जिनियरिङ् क्याम्पस र रामपुर कृषि क्याम्पस गरी ३ क्याम्पस ,कास्कीमा पृथ्वीनारायण क्याम्पस पोखरा,पोखरा क्याम्पस वन, नर्सिङ् क्याम्पस पोखरा, इन्जिनेरिङ् क्याम्पस रहेका छन् । भैरवामा कृषि क्याम्पस र भैरवा बहुमुखि क्याम्पस स्थगित भएकाे अधिकारीले बताए।
अधिकारीका भनाइ अनुसार स्थगित भएका क्यामपसहरुमा चैत ८ गते निर्वाचन हुने छलफलबाट तय भएको छ।








