काठमाण्डाैँ,

घना वनजंगलमा बस्ने दुर्लभ जिव सात फिट लामाे अजिंगर हनुमाननगर कंकालिनी नगरपालिका-८ जोगिनियास्थित योगनी दिनेश आधारभूत विद्यालयमा फेला परेको स्थानीयबासीले बताए।

लोपोन्मुख प्रजातिको मानिने अजिंगर सप्तरीको हनुमाननगर कंकालिनी, कञ्चनरुप र सप्तकोशी नगरपालिका तथा तिलाठी कोइलाडी गाउँपालिका क्षेत्रमा प्रत्येक वर्ष फेला पर्ने गरेको छ। अजिंगरहरू आसपासको जंगल, कोशी टप्पु वन्य जन्तु आरक्ष र सप्तकोशी नदी हुँदै बगेर आउने गरेको छ।

यस्तै फेला परेको अजिंगरलाई इलाका प्रहरी कार्यालय हनुमाननगर ल्याइएको छ। राजविराजस्थित डिभिजन वन कार्यालय सँग समन्वय गरेर फेला परेको अजिंगरलाई आरक्षको जिम्मा लगाउने तयारी भइरहेको छ।