काठमाडौं,

प्रहरीले वृत्त, जनसेवाले न्यूरोडबाट स्रोत नखुलेको १२ लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–६ का ४१ वर्षीय सञ्जय खनाल हो। उनलाई काठमाडौं महानगरपालिका २४, इन्द्रचोक बाट स्रोत नखुलेको नगद १२ लाख रुपैयाँसहित पक्राउ गरेको जनसेवाका डीएसपी भेषराज रिजालले बताए।

यस्तै  पक्राउ परेका खनाल बारे थप अनुसन्धान भइरहेको डिएसपी रिजालले बताए।