काठमाण्डाैँ,

शुक्रबार राती अमेरिकाकाे  मिसिसिपिमा शुक्रबार आएको आँधीका कारण २६ जनाकाे मृत्यु भएकाे छ। आँधीका कारण भग्नावशेषमा फसेका मानिसहरूलाइ बाहिर निकाल्न उद्धार अभियान सुरू गरीएकाे  थियाे ।

अमेरिकी राष्ट्रपति जाे बाइडेनले अधिकारीहरूलाइ तिव्र गतिमा उद्धार गर्न आदेश दिएका छन्।खतरनाक आँधीका कारण धेरै जना घाइते भएकाे र बेपत्ता भएकाे आपतकालीन सेवाहरूले जानकारी दिएका छन्। साथै मृत्यु हुनेकाे संख्या बढ्ने सक्ने अनुमान गरिएकाे छ।

आइतबार फेरी आँधि आउने सम्भावना रहेकाे माैसम पूर्वाअनुमान विभागले जनाएकाे छ। जसका कारण २० लाख मानिसहरू जाेखिममा पर्ने अनुमान गरिएकाे छ।

बीबीसी रिपोर्टका अनुसार आँधीको गति यति तीव्र थियो कि यसका कारण करिब ३० हजार फिटसम्म भग्नावशेषहरुलाई उडाएको थियो। उक्त आँधीले सबैभन्दा बढी क्षति मिसिसिपीको रोलिङ फोर्क सहरमा गरेको छ।

उक्त क्षेत्रको आधाभन्दा बढी संरचना पूर्ण रुपमा ध्वस्त भएको अधिकारीहरुले बताएका छन्। यसैबीच, शुक्रबार आएको आँधीले मानिसहरूलाई सन् २०११ को आँधीको स्मरण गराएको छ, जसमा १६१ जनाको मृत्यु भएको थियो।तर आँधीले ध्वस्त भएका भवनहरूमा अझै धेरै मानिस फसेको आशंका गरिएको छ।