काठमाण्डाैँ,

नेकपा माओवादी केन्द्र लुम्बिनि प्रदेश सरकारबाट तिनै मन्त्रिहरूले राजिनामा दिएका छन्।

माओवादी केन्द्र लुम्बिनि प्रदेश  अध्यक्ष सुदर्शन बरालका अनुसार आइतबार माओवादी केन्द्रका तिनै मन्त्रीहरू मुख्यमन्त्रि लिला गिरीलाइ भेटेर राजिनामा बुझाएकाे हाे।माओवादी केन्द्रबाट संसदिय दलका नेता जाेखबहादुर महरा , इन्द्रजित चाैधरी र कृष्णा केसी मन्त्री थिए।

एमालेका गिरी नेतृत्वको सरकारलाई दिएको समर्थन पनि माओवादी केन्द्रले फिर्ता लिने उनले बताए। माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि गिरी नेतृत्वको सरकार अल्पमतमा पर्नेछ ।

माओवादीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री गिरीले एक महिनाभित्र विश्वासको मत लिनुपर्नेछ। गिरी एमाले, माओवादी केन्द्र,  राप्रपा, जनमत पार्टीलगायत पार्टीको समर्थनमा पुस २७ मा मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।