काठमाडौं,
पोखरा महानगरपालिकाले ४८ जना नगर प्रहरी माग गरेको छ ।
चैत २७ गतेसम्म दरखास्त दिन पाउने गरी महानगरले आइतबार सूचना प्रकाशन गरेको हो।
नगर प्रहरीमा दरखास्त दिन १८ वर्ष पूरा भई ३० वर्ष ननाघेको र नेपाल सरकार वा अन्य सुरक्षा सेवाबाट निवृत्तको हकमा ३७ वर्ष ननाघेको हुनुपर्ने महानगरको सूचनामा उल्लेख छ ।
महानगरले खुलातर्फ २७, महिला ४, आदिवासी जनजाति ७, मधेशी ६, दलित ३ र पिछडिएको क्षेत्रअन्तर्गत एकजनाको विज्ञापन प्रकाशन गरेको छ ।








