काठमाण्डाैँ,

काठमाण्डाैँ शंखरापुर नगरपालिका- १ तल्लाे नाङभारमा माेटरसाइकलकाे ठक्करबाट पैदलयात्रुकाे मृत्यु भएकाे छ। जरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलले  पैदलयात्रीलाई ठक्कर दिएर पल्टिएको थियो।

यस्तै माेटरसाइकलकाे ठक्करबाट घाइते भएका स्थानिय ४२ वर्षका रामबहादुर तामाङकाे उपचारका क्रममा  त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको हो।

प्रहरी चाैकी नाङ्लेभारेका अनुसार  पैदलयात्रीलाई ठक्कर दिएर मोटरसाइकल समेत पल्टिँदा घाइते भएका चालक शंखरापुर नगरपालिका ३ का १५ वर्षीय राजेन्द्र तामाङको उपचार शंखरापुर अस्पतालमा भइरहेको प्रहरी चौकी नाङ्लेभारेले जनाएको छ।