काठमाडौं,
१५ चैत । मोरङको रंगेलीबाट प्रहरीले २३४ केजी गाँजासहित पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार जना भारतीय छन् ।
मंगलबार रङ्गेली नगरपालिका-२ गहुँ बारीबाट चेकजाँचका क्रममा भारत अररिया २९ वर्षीय दिपक झा र ३० वर्षीय सिन्टुकध कुमार सिंह १५० किलो गाँजासहित पक्राउ परेको मोरङका डीएसपी रञ्जनकुमार दाहालले बताए ।
पक्राउ परेकाहरुले रङ्गेली नगरपालिका-३ रन्जनीस्थित वीरबहादुर कार्कीको घरमा गाँजा ल्याएको बताएपछि प्रहरी उनको घरमा खानतलासीका लागि पुगेको थियो
घर खानतलासी गर्दा थप ८४ किलो गाँजा भेटेको प्रहरीले सो स्थानबाट कार्कीसहित गाँजा ओसारपसारमा भारतीय नागरिक २४ वर्षीय प्रबिण पासवान र विष्णुकान्त मिश्रलाई पक्राउ गरेको थियो ।
दुई स्थानबाट २३४ किलो गाँजासहित पाँच जनालाई पक्राउ गरेको प्रहरीले बताएको छ । पाँचै जनाविरूद्ध मोरङ जिल्ला अदालतबाट लागू औषध कसूरमा सात दिन म्याद थप गरी अनुसन्धान सुरु गरेको छ ।