काठमाण्डाैँ,

सिन्धुलीको सुनकोशी गाउँपालिका–४ फलामेचौरमा आज करेन्ट लाग्दा एक १२ वर्षिय दिपेश श्रेष्ठकाे मृत्यु भएकाे छ। उनका ४० वर्षीय बुबा फत्तबहादुर श्रेष्ठ गम्भिर घाइते भएका छन्। साे जानकारी जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक चिरञ्जीवि दाहालले जानकारी दिए।

उनका अनुसार बाबु छोरा खेतमा काम गरेर घर फर्कंदै गर्दा बाटो छेउमा रहेको एघार हजार भोल्टेजको मेन लाइनको पोल नजिक छोरालाई करेन्ट लागेको र छोरालाई बचाउन खोज्दा बाबुलाई पनि करेन्ट लागेको थियो ।

गम्भीर घाइते भएका फत्तबहादुर श्रेष्ठलाई उपचारको लागि काठमाडौँ पठाइएको छ । करेन्ट कसरी चुहावट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।