काठमाण्डाैँ,
१६ चैत। युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुर र तनँहुमा २ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ।यस्तै उदयपुरकाे कटारी नगरपालिका ४ मरूवा बस्ने २४ वर्षिय महेश परियारलाइ १६ वर्षिय किशाेरीलाइ जबर्जस्ती करण गरेकाे उजुरीका आधारमा पक्राउ गरेकाे हाे।
तनँहुकाे घिरीङ गाउँपालिका–५ धेनु घर भई देवघाट गाउँपालिका–५ सेतिभतेरी बस्ने २७ वर्षीय पुरन परियारलाई भने ४४ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको प्रहरीको भनाई छ । पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।








