काठमाण्डाैँ,

हवाई मार्ग हुँदै नेपालको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान कक्षबाट भारतको नयाँ दिल्ली लैजान लाग्दा ​बिहीवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले २ भारतिय महिलालाई पक्राउ गरेको जनाएको छ।

एक जनालाई विमानस्थलबाट पक्राउ गरिएको हो भने अर्का एक जनालाई काठमाडौंको ठमेलस्थित होटलबाट पक्राउ गरिएको लागुऔषध नियन्त्रण ब्युरोमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक विकासराज खनालले बताए।

उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय र लागुऔषध नियन्त्रण ब्युरोको संयुक्त टोलीले चैत्र १४ गते यण्डिगो एयरलाइन्सबाट त्रिभुवन विमानस्थल हुँदै काठमाडौंबाट भातको नयाँ दिल्ली जान लागेको सरचिप मेजोरम ठेगाना भएकी वर्ष ४५ की भल्लालामीले साथमा बोकेको लगेज शंका लागेर खोलेको थियो। जहाँ ४ वटा लेडिज ब्यागमा फ्लसबटम बनाई भारतको नयाँ दिल्लीतर्फ निकासी गर्न लागेको अवस्थामा लागु औषध कोकिन २.८८७ केजीसहति पक्राउ गरिएको खनालले बताए।

यस्तै विशेष सूचनाका आधारमा चैत्र १४ गते अनुमानित ५ः१५ बजेको समयमा काठमाडौं २६ ठमेलस्थित होटलबाट सोही ठेगाना भएकी वर्ष २९ की इस्टर लालिम्पुरीको साथमा रहेको रहेको सुटकेसभित्र फ्ल्सबटम बनाई लुकाइछिपाइ राखिएको अवस्थामा लागुऔषध कोकिन ५ किलोग्रामसहित पक्राउ गरिएको बताए। अवैध कोकिनको बजारमूल्य १७ करोड ३ लाख ५१ हजार २ सय रहेको छ ।