काठमाण्डाैँ,
महाेत्तरीमा एसईई परीक्षाकाे सुरक्षार्थ खटिएका असईकाे मृत्यु भएकाे छ।
महोत्तरीको बलुवा नगरपालिका–१० धमौरा माविमा सुरक्षार्थ खटिएका असई ललनकुमार राय टेलको मृत्यु भएको हो। स्वास्थमा समस्या आएपछि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना भएका उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यस्तै डाेल्पाकाे इलाका प्रहरी कार्यालय काईगाउँमा कार्यरत वरिष्ठ प्रहरी हवल्दार भेरी नदीमा खसेर बेपत्ता भएका छन्।
दैलेखको नौमुले गाउँपालिकाका जाेसीराम रेग्मी काईगाउँस्थित नदीमा खसेर बेपत्ता भएका हुन्। रेग्मीकाे खाेजी भइरहँदा पनि अहिलेसम्म नभटिएकाे प्रहरीले जनाएकाे छ।