काठमाण्डाैँ,

बझाङमा तीन वर्षीय बालकको बसले किचेपछि ज्यान गएको छ । आज दिउँसो सदरमुकामको पक्की पुल नजिकै बसले बालकलाई किचेको बताइएको छ ।

बझाङबाट महेन्द्रनगरतर्फ जाँदै गरेकोे सु.प.प्र.०२००९ ख १११९ नम्बरको पवनदुत यातायातको बसले किच्दा सुर्मा गाउँपालिका ३ निवासी धनबहादुर बोहोराका तीन वर्षीय छोरा सरगम बोहोराको ज्यान गएको हो ।

घट्नापछि आक्रोसित स्थानीयले बस तोडफोड गरी चालक गणेश बोहोरालाई कुटपिट गरेको बताइन्छ ।

अहिले चालक गणेश बाहाेरालाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।