काठमाण्डाैँ,

गएराती साढे ११ बजे काठमाण्डाैँकाे जडीबुटीमा बाग्मती प्रदेश ०२ ०२२ प २६८४ नम्बरकाे माेटरसाइकल दुर्घटना हुँदा चालककाे मृत्यु भएकाे हाे।

प्रहरीका अनुसार सिन्धुपाल्चाेक इन्द्रावति गाउँपालीका ४ का ३५ वर्षका हरिशरण अधिकारीकाे मृत्यु भएकाे हाे। मेडिकल कलेज सिनामङ्गलमा उपचारकाे क्रममा उनकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ।

यस्तै, काठमाण्डौको वसुन्धारामा बा १९ च ३३०८ नम्बरको भ्यानले बाग्मती प्रदेश ०२ ०४१ प २१०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलका चालककाे मृत्यु भएकाे छ। मृत्यु हुने सुर्खेत भरीगंगा नगरपालिका १० का २७ वर्षका उपेन्द्र बुढाकाे ज्यान गएकाे छ।