काठमाण्डाैँ,
सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा आइतबार एसईई परीक्षा दिएर घर फर्कने क्रममा विधार्थीमाथी कुटपिट गरेका आराेपमा १२ जनालाइ प्रहरीले पक्राउ गरेकाे छ।
धनगढी उपमहानगरपालिका–१९ को फूलबारी माध्यमिक विद्यालयबाट एसईई परीक्षा दिएर घर फर्किरहेका बेला कुटपिट गर्ने सोही ठाउँका १२ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
धनगढी उपमहानगरपालिका–१८ बस्ने १९ वर्षीय राजेश बिसी, २२ वर्षीय किसन खड्का, २० वर्षीय रविन्द्र खड्का, २० कै प्रविन रानामगर, २१ वर्षीय अशोक बिक समेतका १२ जनालाई पक्राउ गरेकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक खगेन्द्र साउदले जानकारी दिएकाे छ।यस्तै उक्त घटनाबारे अनुसन्धान भइरहेकाे उनले जनाएकाे छ। पक्राउ पर्ने अन्य नाबालक भएकाले प्रहरीले परिचय खुलाएको छैन ।








