काठमाण्डाैँ,

बंगलादेशको मुख्य कपडा बजार बंगबजारमा भिषण आगलागी भएको छ। बिहान ६ बजे लागेकाे आगाे नियन्त्रणकाे प्रयास भइरहेकाे छ।

उक्त बजारमा चार हजारभन्दा बढी पसल छन्। आगो आसपासकाे बजारमा पनि फैलिन थालेकाे छ।आगलागी पछि सबै दमकलाइ त्यँही केन्द्रित गरिएकाे छ। अहिलेसम्म ४३ गाडीले आगो निभाइरहेकाे छ।

इन्टर सर्भिसेज पब्लिक रिलेसन्स (आइएसपीआर) ले आगो नियन्त्रणका लागी एक हेलिकाेप्टरसहित बंगलादेशका स्थल र वायु सेनाकाे संयुक्त टाेली समेत खटाएकाे छ।

आगो निभाउनका लागी बजार क्षेत्र वरपरका सडकमा यातायात सेवा बन्द गरिएकाे छ। बंगबजार हुदै हाइकाेर्ट चाेकबाट गुलिस्तानतर्फ जाने सडक बन्द गरिएकाे छ। साथै गुलिस्तानदेखि उत्तर दक्षिणकाे सडक पनि बन्द छ।

बंगबजार बिभिन्न खालका कपडा पाइने बजारकाे रूपमा परिचित छ। त्यँहा आगो लाग्नुकाे कारण खुलेकाे छैन्।