काठमाण्डाैँ,
भारतको राजधानी दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा हाते झोलाको एक्सरे जाँच गर्ने क्रममा गहना चोरिएको आरोप एक महिलाले लगाएकी छन् ।
अमेरिकामा बस्ने स्वाति रेड्डी नामक ती महिला भर्जिनियाबाट मार्च १३ मा दिल्ली आएकी थिइन् । उनी त्यहाँबाट कनेक्टिङ उडानका साथ अर्को शहर जाने क्रममा हाते ब्यागलाई एक्सरे चेक गराएकी थिइन् ।
त्यसक्रममा उनको गरगहना चोरिएको आरोप छ ।गहना राखेको सानो बक्स विमानस्थलका सुरक्षा कर्मचारीले निकालिदिएको उनको आरोप छ ।एकपटक स्क्यानिङ मशिनमा राखेपछि फेरि पनि राख्न लगाइएको अनि त्यही क्रममा गहना सुरक्षाकर्मीले निकालेको दाबी उनले गरेकी छन् ।








