काठमाण्डाैँ,

दाङमा बालबिवाह गरेकाे आराेपमा  किशाेर किशाेरीसहित प्रहरीले तिन जनालाइ पक्राउ गरेकाे छ।विवाहमा सहयाेग गर्ने आशङ्कमा दुलहीकी काकी नाता पर्ने ३७ वर्षीया एक महिलालाइ पनि प्रहरीले नियन्त्रणमा लिएकाे हाे।

प्रहरीले वडा नम्बर ८ हाँसिपुर स्यालाका १६ वर्षीय किशोर , बङ्गलाचुली गाउँपालिका ४ गहतेराकी १५ वर्षीया किशोरी र एक जना महिलालाई नियन्त्रणमा लिएको हो।

उनीहरूविरुद्ध बालविवाहको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजनकुमार गौतमले जानकारी दिनुभयो । उहाँकाे अनुसार केटाकेटीका परिवारले आपसी समझदारीमा विवाह गराएकाे हाे।