काठमाण्डाैँ,
सरकारले प्रदेश नम्बर १ काेशी नामाकरणकाे विराेधकाे आन्दाेलनमा निधन भएका पदमबहादुर लिम्बुलाई सहिद घाेषणा गर्ने निर्णय गरेकाे छ।
आज शुक्रबार विहान सिंहदरबारस्थीत प्रधानमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालयमा बसेकाे बैठकले निधन भएका लिम्बुलाई शहिद घाेषणा गर्ने निर्णय गरेकाे सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।साथै मन्त्रिपरिषद्ले मृतक लिम्बुकाे परिवारलाई क्षतिपुर्ति उपलब्ध गराउने समेत निर्णय गरेकाे छ।
काेशी नामाकरण सन्दर्भमा काेशी प्रदेशमा आन्दाेलनकाे क्रममा पदमबहादुर लिम्बुकाे निधन भएकाे हाे। सरकारले घटनाको छानबिन गर्न समिति गठन गरेको थियो ।काम प्रक्रिया अघि बढ्ने क्रममा आन्दोलनका क्रममा निधन भएका पदमबहादुर लिम्बूलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ ।’








