काठमाण्डाैँ,
२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ परेका छन्।
२४ वर्षीय महिलालाइ जबरजस्ती करणी गरेकाे अभियाेगमा मानेभन्ज्याङ गाउँपालिका-२ वाक्सा बस्ने ६० वर्षीय गोपाल कटवाललाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट खटिएकाे प्रहरीले कटवालले २४ वर्षीय महिलालाइ जबरजस्ती करणी गरेकाे भन्ने उजुुरीका आधारमा उनलाइ पक्राउ गरेकाे हाे। उक्त सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ।