काठमाण्डाैँ,

लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले देशको व्यापार घाटा कम गर्न नेपालका ढुंगे भीर काटेर ढुंगा तथा नदीबाट गिट्टी बालुवा र वनबाट काठ बेच्नुपर्ने बताएका छन् ।

पहाडका ढुंगे भीरहरु सयौं वर्षदेखि उपयोगबिहीन भएर बसेका भन्दै मुख्यमन्त्री गिरीले त्यस्ता भीर र पहाड काटेर ढुंगा बेच्न सके खरबौं आम्दानी गर्न सकिने बताए।

पश्चिमाञ्चल यातायात व्यवसायी संघको साधारण सभा उदघाटन गर्दै उनले आफ्नो मुलुकमा भएका प्राकृतिक स्रोत साधन वातावरणलाई असर नपर्ने गरी निर्यात गर्नसके व्यापार घाटा कम हुने र यातायात व्यवसायीले पनि काम पनि पाउने औंल्याए ।

‘मुलुकमा भएका प्राकृतिक स्रोत साधन वातावरणलाई असर नपर्ने गरी नबेचे के बेचेर आम्दानी गर्ने त ?’, मुख्यमन्त्री गिरीले प्रश्न गरे ।