काठमाण्डाेँ,
जलेश्वर कारागारका एक थुनुवा फरार भएका छन्। स्वास्थ्य परीक्षणका लागी जनकपुर लगिएका एक थुनुवा फरार भएका हाे। हत्या अभियाेगमा पुर्पक्षका लागी थुनामा रहेका लाेहरपट्टी नगरपालिका ९ खुट्टापिपराडीका २३ वर्षीय कृष्ण यादव जनकपुरस्थित आर्य क्लिनिकबाट शुक्रबार अपराह्न फरार भएका हुन ।
जिल्ला प्रहरी कार्यालयका अनुसार खुट्टामा समस्या आएको बताएपछि यादवलाई अन्य ५ जना बिरामी कैदीसाथ स्वास्थ्य जाँचका लागि उक्त क्लिनिक लगिएको थियो । शौचालय जाने बहानामा यादवले भेन्टिलेसन फुटाली फरार भएको जिल्ला प्रहरीका प्रवक्ता तथा डिएसपी दिलीप गिरीले बताउनुभयो ।
गिरीका अनुसार जनकपुर उपमहानगरपालिका -७ का अर्जुन महतोको हत्या अभियोगमा महोत्तरी जिल्ला अदालतको आदेशले यादवलाई गत भदौ २५ गतेदेखि पुर्पक्षका लागि जलेश्वर कारागारमा राखिएको थियो ।








