काठमाण्डाैँ,

बैतडीमा चट्याङ लागेर दुई जना आमा छाेरा घाइते भएका छन् र दुई  वटा भैँसी मरेका छन्।

घाइते हुनेमा बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–६ रौलका ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छाेरा विवेक साउँद रहेका छन्।आइतबार साँझ घरभित्रै रहेका बेला परेको चट्याङले दुवै जना घाइते भएका पार्वतीका श्रीमान् गणेश साउँदले जानकारी दिए।

चट्याङबाटै गणेशका दुई भैंसी पनि मरेका छन् भने घरमा क्षति पुग्नुका साथै घरमा जडित सोलार ब्याट्रीसहितका उपकरणसमेत जलेर नष्ट भएका छन्।