काठमाण्डाैँ,

दाङमा भरूवा  बन्दुकसहित एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

गाउँमा केही व्यक्तिहरू हातहतियारसहित शङ्कास्पद रूपमा हिँडडुल गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवा र इलाका प्रहरी कार्यालय कोईलाबासबाट खटिएको प्रहरी टोलीले आइताबार राती त्यस्तै साढे १२ बजे गढवा गाउँपालिका वडा नं. ८ डाँडागाउँबाट हतियारसहित मानसिंह सुनारलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।

“गोप्य सूचनाका आधारमा खटिएको प्रहरीले गढवा गाउँपालिका–८ डाँडागाउँ निवासी दिलकुमार पुनमगरको घर छेउमा रहेको खाली जग्गामा भरुवा बन्दुक एक थान फेला पारेको थियो”,प्रहरी नायव उपरीक्षक गौतमले भन्नुभयो,”सोही स्थानमा शङ्कास्पद रूपमा रहेका व्यक्तिहरूलाई सोधपुछ गर्दा मानसिंह सुनार पक्राउ परेका हुन् ।”

उनलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।