काठमाण्डाैँ,
अमेरिकाको केन्ट सहरमा भएको गोलाबारीमा ५ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छ्न ।
लुईसिवका प्रहरी प्रवक्ताका अनुसार यसरी घाइते हुनेमा प्रहरी अधिकारी पनि रहेका छन् । साथै सो गोलावारीमा संलग्न रहेका संदिग्धलाई गोली हानि मारिएको छ । प्रहरी अधिकारीले भने ‘अब सर्वसाधारणका लागि कुनै खतरा छैन, अवस्था सहज बनाइएको छ ।’
पछिल्लो समयमा अमेरिकाका सहरहरूमा धेरै गोलाबारीका घटना हुन थालेको छ । केही दिन पहिले पनि विद्यालयमा एक महिला संदिग्धले गोली हानेर आधा दर्जनको हत्या गरेकी थिइन् ।
सुरक्षा अधिकारीका अनुसार सो घटनामा बालिबालिकासहित ६ जनाको मृत्यु भएको थियो । गोली हानिएको विद्यालय पुर्व प्राथमिक थि।यो सो विद्यालयमा पढ्ने सबै विद्यार्थी १२ वर्षभन्दा कम उमेरका रहेका थिए ।








