काठमाण्डाैँ,

पत्नि बलात्कार आरोप लागेका जिल्ला न्यायाधीश भुवन गिरी पक्राउ परेका छन्। उनलाइ आज प्रहरीले सामाखुसीबाट पक्राउ गरेकाे हाे।

उनीविरुद्ध उनकी पत्नी आरती गिरी रावलले वैवाहिक बलात्कार आरोपमा जाहेरी दिएकी थिइन् । कपिलवस्तु जिल्ला अदालतले गिरीलाई पक्राउ गर्न गत साता प्रहरीलाई अनुमति दिएको थियो ।

आरतीलाई गिरीले सोमबारमात्रै बोलाएर आफैँसँग राखेको भए पनि आरतीले आफूलाई बन्धक बनाएर यातना दिएको भन्दै साथीलाई गुहारेसँगै उनी पक्राउ परेका हुन् ।

गिरी एक महिना अगाडि मात्रै न्यायपरिषदमा सरुवा भएर आएका थिए।