काठमाडाैँ,
खाेलामा माछा मार्ने क्रममा करेन्ट लागेर एक बालककाे मृत्यु भएकाे छ। खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लाग्दा बिहीबार दिउँसो मोरङको पथरीशनिश्चरे नगरपालिका–७ मा १५ वर्षीय सुजन लिम्बुकाे मृत्यु भएकाे हाे।
माछा मार्नलाई पथरी खोलामा प्रवाह गरिएको करेन्ट लागेर बालककाे मृत्यु भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी रञ्जनकुमार दाहालले दिए।
उनका अनुसार विद्युत प्रवाह गरेर माछा मारिरहेका बेला लिम्बूलाई दिउँसो १२:३० बजेतिर करेन्ट लागेको थियो। गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि ट्रमा सेन्टर उर्लाबारी लगिएकोमा दिउँसो २:३० बजेतिर चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ। शवलाई पोस्टमार्टमका लागि ट्रमा सेन्टरमै राखेर प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।








