काठमाण्डाैँ,
उनले मंसिरको निर्वाचनबाट संघ तथा प्रदेशमा नयाँ जनप्रतिनिधिहरू चुनिएर आएको भन्दै जनतामा आशा अपेक्षा पनि बढेको जिकिर गरे ।
“२०७९ सालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट नयाँ जनप्रतिनिधिहरू आएका छन् । जनताको आशा र अपेक्षा धेरै छ । आगामी वर्ष जनताप्रतिको दायित्व पूरा गर्न लाग्नुपर्नेछ,” उनले भने, “संसद् सेवामा विगतमा धेरै आकर्षण थियो, अहिले कमी आएको देखेको छु । मुलुकको अर्थतन्त्रका कारण कर्मचारीलाई सेवा सुविधा पर्याप्त दिन सकिएको छैन । आगामी वर्ष सेवा सुविधाका लागि प्रयत्न हुनेछ। ”








