काठमाडाैँ,

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले आफूहरुले पार्टी सभापति शेरबहादुर देउवालाई हटाउन खोजेको तर नसकेको बताएका छन्।

बिहीबार कांग्रेसको युवा भेलालाई सम्बोधन गर्दै नेता घिमिरेले आफूहरुले पार्टी सभापति शेरबहादुर देउवालाई हटाउन खोजेको तर नसकेको बताएका हुन्।

उनले भने, ‘त्यही पुस्तामा होइन अर्को पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भनेर लागेका हाैँ। त्यसकाे प्रयास हामीले गर्‍यौँ। हामीले पुस्तान्तरणको लागि भनेर शेरबहादुरदाइलाई हटाउन खोजेकै हो। हामीले सकेनौँ। हाम्रो कोसिस आंशिक रूपमा सफल भयो। शेखर दाइलाई सभापति बनाउन सकेनौँ। उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा बनायौँ। हाम्रो साथ सहयोगले विश्वप्रकाश शर्मा पनि जित्नुभयो।’