काठमाण्डाैँ,
नवलपुर जिल्ला अदालतले १६ वर्षीय बालिका बलात्कार गरेको कसुरमा एकजनालाई ११ वर्ष कैद सजायको फैसला सुनाएकाे छ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–९ का मोहन पुनलाई १६ वर्षीया बालिका बलात्कार गरेको कसुर ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला भएका जिल्ला अदालतका नायब सुब्बा सन्तोष सिग्देलले बताए ।
‘न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजालासले बलात्कार कसुर ठहर गर्दै पुनलाई ११ वर्ष कैद र पीडितलाई रु एक लाख ५० हजार क्षतिपूर्तिको फैसला भएको छ,’ उनले भने ।
पीडित बालिकालाई पुनले २०७७ साल भदौ १८ गते बलात्कार गरेको भन्दै २०७७ साल असोज २९ गते जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा उजुरी दर्ता भएको थियो ।








