चितवन, बैशाख-२२

ब्याबसायि तथा काँग्रेस महाधिवेशन सदस्य शकंर कंडेल को आत्महत्या गरि ज्यान गएको आज ४ दिन हुदा पनि उनलाई आत्महत्या गर्न टर्चर गर्ने लाई दुरुत्साहन मुद्दा दाखिला भैसक्दा समेत लेखापाल रावल बाहेक कोही पक्राउ परेको छैन ।

आत्महत्या दुरुत्साहन मा मुख्य भुमिका मा रहेका मारवाडी ब्यापारी पोषक दाना उद्योग का सन्चालक प्रदिप रुङ्टा फरार छन् ।

उनलाई यथासिघ्र पक्राउ गरि अनुसन्धान गर्न जनताले सडकबाट चर्को आन्दोलन गर्दा समेत प्रशासन मुक दर्शक भएको भन्दै भोलि २३ गते काँग्रेस को युवा संगठन तरुण दलले चितवन ब्यापी आम हड्ताल गर्ने घोषणा गरेको छ ।

साथै सवारी नचलाएर वा सटर नखोलेर सहयोग गर्न समेत आव्हान गरेको छ ।