काठमाण्डाैँ,

पाँचथरको याङवरक गाउँपालिकामा विपरीत दिशाबाट आइरहेका दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा आइतबार दुई जना घाइते भएका छन् ।

घाइते हुनेहरूमा पाँचथरको फिदिम नगरपालिका १ का ५० वर्षीय वीरेन्द्र चेम्जोङ र फिदिम १ कै टंक ढकाल रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

घाइतेमध्ये चेम्जोङको दाहिने हातको औँला भाँचिनुका साथै खुट्टामा चोट लागेको छ । ढकालको अवस्था भने सामान्य रहेको छ ।

दुवै मोटरसाइकल प्रहरी चौकी गणेशचोकले नियन्त्रणमा लिएको छ । घाइते दुवैको पाँचथर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी दिवस कुँवरले जानकारी दिए ।