काठमाण्डाैैँ,

मकै बारीमा ट्र्याक्टर दुर्घटना हुँदा अर्घाखाँचीमा १ जनाको मृत्यु भएको छ। दुर्घटनामा शितगंगा नगरपालिका– ४ कोप्चेवास बस्ने ३८ वर्षीय राजु नेपाली भनिने मान बहादुर नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ।

शितगंगा नगरपालिका वडा नम्बर ४ स्थित उमकला नेपालीको बारी जोत्ने क्रममा लु ४ त ९४१८ नम्बरको ट्र्याक्टरले च्यापिन गइ नेपालीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण प्रसाद घिमिरेले जानकारी दिए।

मकै छर्ने क्रममा शितगंगा नगरपालिका वडा नम्बर ४ मा ट्र्याक्टर दुर्घटना भएको हो र साे घटनाबारे थप अनुसन्धान भइरहेकाे  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।