काठमाडाैँ,

राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले मङ्गलबार बसेकाे राष्ट्रियसभाकाे बैठकमा बाेल्दै भष्टाचार नेता, ठेकदार र कर्मचारीकाे मिलेमताेमा हुने गरेकाे बताएका छन्।  यस्तै उनले भष्टाचार न्युनीकरण गर्न सरकारका प्रतिवद्धताहरू पनि माग गरेका छन्।

उनले कर्मचारीले साइनिङ मनीको रुपमा ३ प्रतिशतसम्म लिने गरेको उल्लेख गर्दै त्यस्ता कामहरू रोक्नका लागि सरकारले कस्ता कदम चालिरहेको छ भन्दै प्रश्नसमेत गरे।

उनले भने, ‘ठाडै ढंगले सचिवबाट हामीले रिपोर्टिङको क्रममा सुन्यौँ- कर्मचारीले साइनिङ मनी लिने। २/३ प्रतिशतसम्म साइनिङ मनी गोजीमा हाल्छन्। यस्ताे भइसकेपछि आयोजना त लथालिंग हुन्छन्, त्यो आयोजना अघि बढ्दैन। यस्तै क्रमले यो क्रम अघि बढिरहेको छ। तलबाट भ्रष्टाचारको पुलिन्दा थपिँदै गइरहेका छन्।’

यसरी विभिन्न माध्यमबाट भ्रष्टाचारको पुलिन्दा थपिंदै गइरहेको उल्लेख गर्दै उनले सरकारलाई भ्रष्टाचार न्युनीकरणमा प्रष्ट हुन आग्रह गरे।