काठमाडाैँ,
कपिलवस्तुकाे कृष्णनगरमा लागुऔषध चरेससहित दुई महिला पक्राउ परेका छन्।
पक्राउ पर्नेमा धादिङ खनियाबास घर भएका वर्ष ४९ की सङ्गिता तामाङ र सत्यवति घर भएकी वर्ष ५९ काे सेती तामाङ रहेकाे इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले बताउनुभयाे। अवैध रूपमा भारततर्फ लैजाँदै गरेको अवस्थामा १० केजी चरेससहित उनीहरू पक्राउ परेका हुन् ।
बिहान इलाका प्रहरी कार्यालय कृष्णनगरको टोलीले नेपाल–भारत सीमाबाट चरेस बरामद भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताउनुभयो । दुवै जना यात्रु गेटबाट पक्राउ परेका थिए ।








