काठमाडाैँ,
सिंहदरबारमा प्रमुख तिन दलहरूबिच भेटवार्ता भएकाे छ। बुधबार दिउँसाे प्रधानमन्त्री पुप्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भइरहेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान उत्कर्षमा पुगेर हाइ प्रोफाइल नै मुछिरहेका बेला बेला तीन दलका शीर्ष नेताहरु छलफलमा बस्नुलाई अर्थपूर्णरूपमा हेरिएको छ ।