काठमाडाैं,
दैलेखको आठविस नगरपालिका–६ को माल्या जंगलमा भएको आगलागीमा परि घाइते मध्ये एक जनाको मृत्यु भएको छ। मृत्यु हुने वडा नं. ६ का ३७ वर्षीय भिमबहादुर बिक रहेका छन्।
बिककाे मृत्यु आज बिहान ७ बजे भएकाे भेरी अस्पतालका सूचना अधिकारी डाक्टर संकेतकुमार रिसालले जानकारी दिए । उनलाई बुधबार उपचारका लागि नेपालगन्ज लगिएको थियो। आगलागी हुँदा ८५ प्रतिशत जलेका उनको उपचारका क्रममा भेरी अस्पतालमा आज बिहान मृत्यु भएको रिसालको भनाइ छ।
अन्य घाइतेहरुमध्ये तीन जनाको भेरी अस्पताल र पाँच जनाको नसिंगहोममा उपचार भइरहेको छ। मिना वि.क., जुना विक, प्रकाश विक, नैना विक, जौकला विक, भैरे विक, प्रज विक, नवीन विकको उपचार भइरहेको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रमको कामका लागि वडा नं. ६ को गोरेटो बाटो निर्माणका लागि गएका १० जनामध्ये आगोमा परेर नौ जना गम्भीर घाइते भएका थिए। घाइतेमध्येका गम्भीर आगलागीमा परेका नौ जनालाई हेलिकप्टरमार्फत बुधबारनै थप उपचारका लागि नेपालगन्ज लगिएको थियो।