काठमाडाैं,
पाकिस्तानका पूर्व विदेशमन्त्री तथा पाकिस्तान तेहरीक-ए-इन्साफ (पिटिआई) का नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्।
बीबीसीका अनुसार, एक भिडियो सन्देश जारी गर्दै कुरैशीले आफूलाई पक्राउ गर्नका लागि प्रहरी आइपुगेको बताएका छन्।भिडियोमा उनले आफूले गलत काम नगरेको बताएका छन्।
भिडियाेमा कुरैशीले भनेका छन् ‘मलाई पक्राउ गर्न प्रहरी आएको छ। म सन्देश दिन चाहन्छु- यो आन्दोलन स्वतन्त्रताको लडाइँ हो र यसमा हामी सहभागी हुनैपर्छ। आज इमरान खान उनीहरूको हिरासतमा छन्, जसबाट उनको ज्यान खतरामा छ। तपाईंहरूले हाम्रो वास्तविक स्वतन्त्रता संग्राम जारी राख्नुपर्छ र इमरान खान रिहा नभएसम्म नरोक्नूहोस्।’