काठमाडाैं,

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री भेट्न उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासहित देउवा बालुवाटार पुगेका थिए ।

आज दिउँसो देउवा निवास धुम्बाराहीमा बैठक बस्दैछ ।पार्टीका पूर्वपदाधिकारीको समेत सहभागी हुने बैठकमा केन्द्रीय सदस्य खाँणलाई निलम्बन गर्ने कि नगर्नेलगायतका विषयमा छलफल हुने बताइएकाे छ।

बुधबार बसेकाे कांग्रेसको बैठकमा नेता खाणलाई निलम्बन गर्नुपर्ने माग उठेको थियो ।