काठमाडाैं, २९ बैशाख
भिरबाट लडेर तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–९ गजौडेका वर्ष ५९ का सुरेशकुमार गुरुङ रहेकाे छ।
गुरुङको स्थानीय सुदेखोला सात विसे सामुदायिक वनको भिरबाट लडेर १११ मिटर तल खस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिनुभयो ।
गुरुङ बिहीबार दिउँसो मृत अवस्थामा भेटिएको उहाँले जानकारी दिनुभयो । गुरूङ १२ दिन अघि सोही सामुदायिक वनमा घाँस काट्न भनि हिँडेका थिए। घाँस काट्न भनि गएका गुरूङ घर नआएपछि गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुकुर समेतको प्राविधिक टोलीले खोजतलास गर्दा पनि फेला परेकाे थिएन । तर बिहीबार घोप्टो परेको अवस्थामा स्थानीयले शव फेला परेपछि प्रहरीलाई खबर गरेका थिए ।
उक्त घटना सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएको छ ।