काठमाडाैं,

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले  काठमाडाैंवासीका लागी २४ से घण्टा निःशुल्क एम्बुलेन्स सेवा दिने घाेषणा गरेकाे छ। मेयर शाहले शनिबार बिहान सामाजिक सञ्जालबाट साे घाेषणा गरेका हुन्।

‘काठमाडौँभरि २४ घण्टा नै १०२ मा कल गरेर निःशुल्क सेवा लिन सक्नुहुन्छ । यो सुविधा प्रयोग गरे बापत कुनै शुल्क तिर्नपर्ने छैन ।’ उनले भनेका छन्।