काठमाडाैं,
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा.स्वर्णिम वाग्लेले नेपालबाट उब्जेको नक्कली भुटानी शरणार्थी काण्डलाई सामसुम पार्न दिनु नहुने बताएका छन् ।
आईतबार काठमाडौंमा आयाेजित नक्कली भुटानी शरणार्थी प्रकरण विषयका कार्यक्रममा बोल्दै सांसद वाग्लेले यो काण्डमा संसार भर छरिएर रहेका नेपालीहरुको पनि प्रतिष्ठाको विषय बनेको बताएका हुन् ।
उनले भने, ‘नक्कली भूटानी शरणार्थी प्रकरणालाई विश्व समुदायले चासोका साथ हेरेको छ , विदेशका धेरै मुलुकमा बसेका नेपालीको प्रतिष्ठासँग पनि जोडिएको छ, त्यसैले पनि यो केसलाई सामसुम पार्न दिनु हुँदैन ।’








