काठमाडाैं,

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टाेपबहादुर रायमाझीलाई सरकारी वकिलकाे कार्यालय काठमाण्डाै लगिएकाे छ ।

हिजाे आइतबार राति काठमाण्डाैकाे बूढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई प्रहरीले आज साेमवार अनुसन्धानका लागि म्याद थप गर्न सरकारी वकिलकाे कार्यालय लगेकाे हाे । कार्यालयमा लैजाँदै गर्दा रायमाझीलाई हात हल्लाउँदै अभिवादन गरेका थिए ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा गएको वैशाख २० गते पक्राउ पुर्जी जारी भएपछि रायमाझी फरार रहेका थिए । अब यो प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ ।