१ असार,काठमाडाैं
काठमाडौं । प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग आज सवाल जवाफ हुँदैछ । त्यसका लागि आज पनि संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको छ ।
हिजो बिहिबार सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई आज बिहान ८ बजेका लागि बोलाइएको हो। समितिको आजको बैठकमा सवाल जवाफ हुने तय भएको छ ।
बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन्। सुनुवाइबाट अनुमोदन भएपछि उनी प्रधानन्यायाधीशमा नियुक्त हुनेछन्। कामु प्रधानन्यायाधीश समेत रहेका कार्की गत वैशाख २५ गते संवैधानिक परिषद्को बैठकबाट प्रधानन्याधीशमा सिफारिस भएका थिए ।