काठमाडौँ
पेले बिस्व फुटबल का लागि अत्यन्त चिरपरिचित नाम हो । फुटबलका पिता सम्राट भनेर पनि उनलाई चिनिन्छ । उनको पुरा नाम एडसन् अरान्ते दो नासिमन्तो हो ।
सन् १९४० मा जन्मिएका महान खेलाडी आज बिहान उपचारको क्रममा दिवगंत हुनु भएको उनकै छोरी ले सामाजिक सञ्जालमा पुष्टी गरेकी छिन् ।
गरिब परिवारमा जन्मेर झुम्राको बल खेल्दै आफ्नो देश ब्राजिललाई ३ पटक सम्म बिस्व कप जिताउने र सर्वाधिक पदक पाउने महान खेलाडी हुन पेले ।
उनको ८२ बर्षको उमेरमा निधन भएको हो । उनको निधनले बिस्व फुटबल प्रेमी हरु मर्माहत भएका छन् । स्वर्गीय स्टार खेलाडी लाई हार्दिक श्रद्धाञ्जली।