काठमाण्डाैँ,
आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजको अन्तिम खेलमा यूएईविरुद्ध नेपालले चौथो विकेट लिएको छ ।दिपेन्द्रसिंह एरीले नेपाललाइ चाैथाे सफलता दिलाएका छन्।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको यूएईले चौथो विकेट गुमाएको हो । । उनले आयन अफ्जल खानलाई तीन रनमा आउट गराए । यसअघि सीपी रिजवान सात रनमा रनआउट भए । उनलाई भीम शार्की र आशिफ शेखले रनआउट गराए ।








